एनआरएनए जापान उपाध्यक्ष पदमा ओशाकाबाट टिकाराम कँडेलको उम्मेदवारी घोषणा
टिकाराम कँडेलको उम्मेदवारी / तस्बिर: enewspathshala

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी कार्यकालका लागि ओशाकाबाट टिकाराम कँडेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन।
कान्साई क्षेत्रीय समितिका पूर्व संयोजक रहेर काम गरिसकेका कँडेल बिहुँकोट समाज जापानमा समेत आवद्ध भई सामाजिक कार्यमा सकृय छन। रेष्टुरेन्ट व्यवसायमा संलग्न कँडेलले आगामी कार्यकालमा संस्थाको आर्थिक पारदर्शिता सहित सामाजिक कार्यमा सवैको मन जित्ने आधार बनाउने दावी गर्नुभएको छ।

