एनआरएनए जापानको अधिवेशन जुलाई २५ मा हुने, अधिवेशनका लागि अध्यक्ष मण्डल गठन गर्न आईसीसीको पत्राचार
एनआरएनएको पत्र / तस्बिर: enewspathshala
अध्यक्ष देवीलाल भण्डारीलाई निस्कृय रहन आदेश, आर्थिक हिनामिना आरोपमा अनुशासन समितिको निणर्य पर्खिने
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको महाअधिवेशन आगामी जुलाई २५ तारिकमा गर्न अन्तराष्ट्रिय समन्वय परिषद आईसीसी अध्यक्ष कुमार पन्तले निर्देशन दिएका छन। जुन २४ तारिक एनआरएनए आईसीसी एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठलाई सम्वोधन गरि आईसीसी अध्यक्ष पन्तले पठाएको पत्रमा राष्ट्रिय समन्वय परिषद एनसीसी जापानको महाअधिवेशन र निर्वाचन निर्धारित जुलाई २५ तारिकमा सम्पन्न गर्न निर्देशन दिईएको छ।
एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी माथीको आर्थिक हिनामिना आरोप, छानविन समितिको रिपोर्ट तथा एनसीसी जापानको अधिवेशन सम्वन्धमा सात वुँदे निर्देशन जारी गर्दै आईसीसी अध्यक्ष कुमार पन्तले निवर्तमान आईसीसी अध्यक्ष भवन भट्टको संयोजकत्वमा १३ सदस्यिय समितिले अधिवेशन तथा निर्वाचनको अनुगमन गर्ने जनाएको छ। आईसीसीको निर्णय अनुसार यसअघि भवन भट्टको संयोजकत्वमा पाँच सदस्य रहेको उच्चस्तरिय निर्वाचन अनुगमन समिति गठन गरेको पत्रमा उल्लेख छ। सो समितिले आईसीसी सदस्य तथा एनसीसी पदाधिकारीहरुको चयन प्रक्रियालाई सहज बनाउन डा नेत्रप्रकाश भण्डारीको संयोजकत्वमा रिसव पौडेल र ग्रीष्मा पौडेल संलग्न तीन सदस्यीय निर्वाचन कमिटि र वर्तमान एनसीसी जापानबीच समन्वय गराउन अनुरोध गरिएको छ। यसैगरि आईसीसीले निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा एक अध्यक्ष मण्डलको गठन गर्न अनुरोध गर्दै वर्तमान कार्यसमितिका महासचिव र कोषाध्यक्षलाई वार्षिक र आर्थिक प्रतिवेशन पेश गर्न निर्देशन दिएको छ।
एनआरएनए जापानको मतदाता नामावली प्रकाशन भईसकेको र निर्वाचन समितिले आफनो कार्य सुरु गरिसकेकाले वर्तमान कार्यसमितिले कुनैपनि निणर्य गर्न उच्चस्तरिय अनुगमन समितिसंग समन्वय गर्न आदेश दिएको छ। १३ सदस्यीय उच्चस्तरिय अनुगमन समितिमा आईसीसी निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ, उपसंयोजक पारसमणी पोखरेल, युवा संयोजक दीपक कँडेल, आईसीसी सदस्यहरु डिपी कँडेल, तुल्सीराम खरेल, ददिवल खडका, नारायण सुवेदी, ईन्दिरा सुजुकी, विजय थकाली, रोशन केसी, डा भूपालमान श्रेष्ठ र बावुराम भण्डारी चयन हुनुभएको छ।
देवीलाल भण्डारीलाई निस्कृय रहन आदेश यसैगरि आईसीसी अध्यक्ष कुमार पन्तले एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी माथी आर्थिक हिनामिना गरेको आरोप लागेको सम्वन्धमा आवश्यक निणर्य गर्न अनुशासन समितिलाई अनुरोध गरेका छन। अनुशासन समितिको निणर्य नआउन्जेल वर्तमान अध्यक्ष देवीलाल भण्डारीलाई निस्कृय रहन आदेश दिएको छ। छानविन प्रतिवेदन माथी थप अध्ययन गरि आईसीसीले निणर्य लिने यसैबीच एनआरएनए जापान अन्र्तगत नेपाल फेष्टिवल, स्मारिका प्रकाशन, भूकम्प राहत संकलन र आध्यात्मिक सेवा केन्द्र माथीको आर्थिक हिनामिना विषयमा एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङगको संयोजकत्वमा गठित समितिको प्रतिवेदन उपर थप अध्ययन गर्ने भएको छ। आईसीसी अध्यक्ष कुमार पन्तद्धारा जारी पत्रमा आईसीसीले एक समिति मार्फत यसबारे निणर्य लिने जनाएको छ।

