एनआरएनए जापान केन्द्रीय सदस्य पदमा रामु कंडेलको दावी



रामु कंडेल / तस्बिर: enewspathshala

सात सदस्य खुल्ला प्रतिस्पर्धाबाट चयन हुने गैरआवासीय नेपाली संघ एनआरएनए जापानको केन्द्रीय सदस्य पदमा रामु कंडेलले उम्मेदवारी घोषणा गरेका छन। बिहॅुकोट समाज जापानका वर्तमान कोषाध्यक्ष समेत रहेका कंडेल रेष्टुरेन्ट तथा अन्य व्यवसायमा सक्रिय छन।

करिव १४ वर्षको जापानको भोगाईलाई सामाजिक सेवामा समर्पण गर्न अभियानमा जोडिन प्रयास गरेको भन्दै कंडेलले युवा पुस्ताहरूसंग सहकार्य गरेर काम गर्ने बताउनुहुन्छ। सामाजिक क्षेत्रमा प्रविधी मैत्री कार्ययोजना अहिलेको आवश्यकता भन्दै कंडेलले यसपटक सदस्य पदमा चयन भएमा केहीनकेही नयॅा काम गरेर देखाउने दावी गर्छन। पारदर्शितासंगै संस्थामा सबैको अभिव्यक्तिको सम्मान रहनुपर्ने नारा कंडेलले बोकेका छन। मुख्यपदहरूमा धेरै आकाक्षीहरू देखी रहदॅा सामाजिक रूपान्तरण तथा समुदायको हितमा काम सहित संस्थालाई समय र समुदायकालागि केही गर्छु भन्ने भावना बोकेर आउन सबैमा कंडेलले अनुरोध गरेका छन। विभिन्न संघसंस्थामा रहदा सिकेका अनुभवलाई समुदायमा बाढन नेतृत्वमा अघि बढेको दावी गर्नुभयो। एनआरएनए सामाजिक संस्थाले एक नेपालीले अर्को नेपालीलाई हरतरह सहयोगसंगै अन्य विविध विषयमा सहकार्यमा काम गरेर देखाउने दावी गरेका छन।

रामु कॅडेलले जारी गर्नुभएको केही महत्तपूर्ण बूदॅाहरू:

संस्थामा सबैपक्षको अभिव्यक्तिको सम्मान !! पारदर्शी परीणाममुखी समाजसेवामा हाम्रो अभियान!! सम्पुणमा नमस्कार साथै न्यानो माया जापानवासी सम्पुर्ण नेपाली जनमसुदायको साझा संस्था एवं घर हो । एनआरएनए जापानमाजब म २००७ मा पहिलो पटक जापान प्रवेस गरे त्यसपछि क़रीब १४ बर्सको अन्तरालमा मैले धेरै संगसस्थाको अनुभव साथै काम गर्ने अबसर पाए ।जब जब म कुनै पद लिने गर्छु ,त्यो पद मलाई मेरो काम ज़िम्मेवारी र गर्न सक्ने आट भरोसा बीस्वास को कदर स्वरुप पाउने एउटा प्रमाणपत्र हो।

त्यो म भन्दा ठुलो छ म भन्दा माथि छ भन्ने महसुश मैले गर्नेगर्छु।त्यसै अनुरुप काम गर्दै आए सबैको राम्रो गर्न त सकेको छैन तर नराम्रो र बैमानी पनि कैले गर्ने छैन गरेको पनि छैन ।जापानको लामो बसाईमा र एैलेको जापानमा तानिएको बेथिती आर्थिक अपारदर्शीता अनियमिताका कुरा धेरै जसो बौद्धिक मनोभाब भएका साथिहरुको सबैको मनमा खड्किएको यो चासोको विसयमा म पनि संगै लागेर एउटा कार्यसमितिमा रहेर चुस्तदुरुस्त पारदर्शिता का साथ संस्था चलायमान गराउदै सम्पुर्ण गैरआवासिय नेपाली समुदायको मनमा परेको चिन्ताको को विसयलाई अन्त्य गर्दै र एन आर एन ए भनेको दु:खी गरीब निमुखा अफ्ठेरोको सारथि बन्न सकोस एन आर एन धनिको मात्र हैन सानो देखी ठुलो गरीब देखी अत्यन्त साधारण एकहजार शुल्क तिरेर बनेको मेम्बरले भोलीको म अध्यक्ष हुन्छु भन्ने हैसियत राख्न सकोस । यसको लागी एन आर एन को कोष बृर्दीगर्न बरु बिभीन्न कार्यक्रम गरीयोस जापानमा एकलाख हामी नेपाली हुदै गर्दा प्रत्येकले बरु महिनाको १०० एन हामी हाम्रो कोषमा जम्मा गर्ने एउटा फन्ड खड़ा गरीयोस ।यो चुनाबमा कसैले भोट किनेर हैन उसको योग्यता ,सामर्थ्य ,भीजन ,खुबी ,त्याग ,सुक्ष्म अध्ययन संगै सबैलाई समेटेर लान सक्ने एउटा कर्मठ सिपाही चाहीयो ।त्यो कामको आधारमा जनताले चुनेर पठाउनु पाउनु प्रर्यो यो उमेद्वावारी सुल्क पनि धेरैनै हो यसरी सर्बसाधारण भिजन सहीतको बौद्धिक क्षमतावान ब्यक्ती सदै पछी पर्ने भय यस्तै यस्तै धेरै कुराहरुको विसयमा आवाज उठाउदै एउटा पबित्र संस्था निर्माण अभीयानमा मैले केन्द्रीय सदस् मा उम्मेदबारी घोषणा गर्दछु। सम्पुण जापानबासी नेपाली साथीहरु को भरपूर माया र सपोट संगै भारी मत दिई बिजई बनाईदीनु हुन सबिनय हार्दिक बिनम्र अनुरोध गर्दछु धन्यवाद