जापानमा नेपाली युवाको उपचारको क्रममा निधन
जापानमा नेपाली युवाको उपचारको क्रममा निधन / तस्बिर: Galkotsamaj Japan
जापानमा एकनेपाली युवाको उपचारको क्रममा असामयिक निधन भएको छ । नेपाल बागलुङ जिल्ला गल्कोट नगरपालिका-४ घर भएका ३८ बर्षिय पूर्णबहादुर खत्रीको मस्तष्कघातका कारण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
तीनबर्ष यता जापानको सिजुओका राज्यको फुजीसिटीमा कुक पेशामा कार्यरत खत्रीको जनवरी ८ तारिख शुक्रबार साँझ निधन भएको हो ।
असामयिक निधन भएका खत्रीको श्रीमती, ३ छोरी र एक छोरा रहेका छन् । मृतक खत्रीको अन्तिम दाहसंस्कार जापानमा नै जनवरी १० तारिख आईतबार गरिने गल्कोट समाजले जनाएको छ ।
पारिवारिक आर्थिक अवस्था कमजोर रहेका खत्रीको दाहसंस्कार लगायतमा आर्थिक सहायतका लागि गल्कोट समाजले अपिल गरेको । अन्तिम संस्कार निम्न मिती, स्थान र समयमा हुने बताईएको छ ।
अन्तिम संस्कार हुने:
मिती : २०२१/१/ १० (आईतबार)
समय : दिउसो १:३० बजे
स्थान : 富士宮聖苑(फुजिनोमिया सेईयन)
ठेगाना: 〒418-0111 静岡県富士宮市山宮3678−13
फोन नं. : 0544-58-3311 (नाभीको लागी)

