सवारी दूर्घटनामा परि मंगलबार एक नेपालीको जापानमा मृत्यु



सवारी दूर्घटनामा परि एक नेपालीको जापानमा मृत्यु / तस्बिर: Enewspathshala

 

सवारी दूर्घटनामा परि मंगलबर बिहान एक नेपाली युवतीको जापानमा मृत्यु भएको खबर प्राप्त भएको छ।

काममा जानेक्रममा मोटरसाईकलमा सवार अन्दाजी २८ वर्षिय नेपाली युवतीको मंगलबार बिहान करिव ८ बजेतिर सडक दूर्घटनामा परि मृत्यु भएको हो। 

मोटरसाईकलमा सवार ती युवतीलाई तिव्रगतिमा आएको ट्रकले अकस्मात ठक्कर दिएको थियो। गुन्मा राज्यको ओईजुमी गाउॅमा भएको सो दूर्घटनामा परि घाईतेलाई तातेवयासी स्थित एक अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। 

परिवारसंगै रहदै आएकी मृतक युवती करिव चार वर्षयता जापान आएको बुझिएको छ।