जापानमा मृत्यु भएका झलक गुरुङको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण



जापानमा मृत्यु भएका झलक गुरुङको परिवारलाई आर्थिक सहयोग / तस्बिर: Enewspathshala

जापानको गुन्मा केनमा हृदयघातका कारण मृत्यू भएका लमजुङ घर भई पोखरा –१३ बाझापाटन बस्ने झलक गुरुङको परिवारलाई गुरुङहरुको साझा संस्था तमु धीं जापानको सक्रियतामा संकलन गरिएको नेपाली ९ लाख रुपैया गुरुङको परिवारलाई सिटी रेमिटेन्स मार्फत पठाईएको छ । 

बिगत  ४ बर्ष देखि जापानमा रहेका गुरुङको राति सुतेकै अवस्थामा शव कोठामा नै फेला परेको थियो । गुरुङको शवलाई नेपाली साझा समाज, गुन्मा सहित बिभिन्न संघ सस्था एवं सहयोगीहरुको सहयोगमा जापानमा नै अन्तिम संस्कार गरिएको तमु धीं जापानका अध्यक्ष सौगत गुरुङले जानकारी दिनुभयो । 

तमु धीं  जापानले गुरुङ अन्तिम संस्कार सहित परिवारलाई आर्थिक सहयोग गर्ने सबै संघ संस्था एवं महानुभावहरुलाई आभार सहित धन्यबाद ज्ञापन गरेको उपध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभएको छ । 

मृतक गुरुङको नेपालमा आमा,श्रीमती सहित एक छोरी रहेका छन् ।