जनजातिमहासंघ जापान कान्तो अध्यक्षमा कर्साङ तामाङ



जनजातिमहासंघ जापान कान्तो अध्यक्षमा कर्साङ तामाङ / तस्बिर: Enewspathshala

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। 
आईतवार नोभेम्बर २९ तारिख भर्चुअल माध्यमबाट अधिवेशन तथा नयाँ कार्यसमिति घोषणा सम्पन्न गरेको हो ।  अधिबेशनबाट अध्यक्षमा कर्साङ तामाङ सर्वसहमति चयन हुनुभएको छ । यस्तै महासंघ कान्तोको समितिका दुई उपाध्यक्षमा दिप लिम्वू र दिवस पुन मगर त्यस्तै सचिबमा बिनय गुरुङ चयन हुनुभएको छ । कार्य समितिको सह सचिव स्मृति मोक्तान, कोषाध्यक्षमा प्रिन्स पुन चयन हुनु भएको छ । सदस्यहरु अभिसेक लिम्वू, रमेश पहरी, रिन्जी शेर्पा, कल्पना चेम्जोङ चयन हुनु भएको छ । 


नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्वुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा विभिन्न ब्यक्तित्वहरुले शुभकामना दिनुभएको थियो । 
नव निर्वाचित अध्यक्ष कर्साङ तामाङलाई एक कार्यक्रमका विच एनआरएनए आइसीसीका ददिवल खड्का,नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली,नेफिन जापानका केन्द्रिय महासचिव शान्त पहरी लगाएत संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना तथा बधाई दिनुभएको थियो ।