पर्वत समाज जापानमा जनक सुवेदी चयन
जनक सुवेदी / तस्बिर: enewspathshala
पर्वत समाज जापानको छैठौ अधिवेशनले नयाँ अध्यक्षमा जनक सुवेदीलाई चयन गरेको छ ।
आइतबार टोकियोमा सम्पन्न समाजको अधिवेसनले तीन नयाँ उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज सुवेदी र रमेश काफले चयन भए।
यस्तै महासचिवमा राम बस्तोला, सचिव बिनोद न्यौपाने र अनिल पन्त चयन भएका छन भने कोषाध्यक्षमा बिमल न्यौपाने र सह कोषाध्यक्षमा कृष्ण भुषाल चुनिएका छन ।
त्यसैगरि सदस्यहरूमा राजेन्द्र भुषाल,अर्जुनकुमार बसेल,बसन्तकुमार जोशी,अर्जुन तिवारी, बिकास पौडेल,संजीत सुनार, अर्जुन थापा चयन भए । त्यसैगरी अन्य सदस्यहरूमा राम भुषाल, सागर सापकोटा, कृष्ण भुषाल, सूरज पौडेल, बालकृष्ण रिजाल,रबिन शर्मा, दिपक गुरुंङ, राजु गौडेल, जीवन गुरुंङ,राजेन्द्र शर्मा,नारायण पौडेल र रमेशराज जैशी रहनुभएको छ । भर्चुवल जुम प्रविधि मार्फ़त सम्पन्न अधिवेशनमा आफू जन्मेको स्थान र समाजका लागिआफूहरू विश्वको जुनसुकै मूलकमा रहेपनि आफ़नो सीप र क्षमताले भ्याएसम्म सहयोग पुर्याउनुपर्ने धारणा थिए ।

