भवन भट्टले जापानबाट जुटाए अक्सिजन प्लान्ट सहयोगार्थ डेढ करोड रकम
भवन भट्ट / तस्बिर: enewspathshala
गैरआवासीय नेपाली संघ एनआरएनए निवर्तमान अध्यक्ष भवन भट्टले जापानबाट करिव डेढ करोड रकम बराबरको सहयोग रकम नेपालमा हस्तान्तरण गर्ने तयारी गर्नुभएको छ।
भट्टको संयोजकत्वमा जापानमा बनेको ‘मातृभूमिका लागि कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ले नेपालमा १ करोड ५० लाखसम्मको अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने तयारी गरेको हो। जापानका लागि नेपाली राजदूत तथा समितिका संरक्षक प्रतिभा राणाको सकृयतामा नागिरक स्तरबाट बनेको समितिले गैरआवासीय नेपाली संघ जापान तथा विभिन्र संघसस्थाहरूसंगको सहकार्यमा सो रकम बराबरको सहयोग नेपाल पुर्याउने निर्णय गरेको हो।
बिहिबार एक समारोहका बीच समितिका संरक्षक तथा राजदूत राणाले कोभिड–१९ लगायतको विषयमा ब्रिफिङ गर्नुकासाथै नेपाल सरकारबाट सहयोग माग भई आएका मेडिकल सामग्रीहरुको बारेमा बैठकमा जानकारी दिएपछि समितिका संयोजक भवन भट्टले समितिको गतिविधिबारेमा अपडेट गराउनु भएको थियो।
समितिको तर्फबाट तीन चरण कार्यगर्ने जानकारी गराउदै उहाले पहिलो र तत्काल अक्सिजन अतिआवश्यक भएकोहुदा यस्को परिपुर्तिका लागि तीस हजार वाईकनेक्टर पठाउने जानकारी गराउनु भएको छ। एउटा वाईकनेक्टरबाट दुईजना बिरामीलाई अक्सिजन दिनमिल्ने हुनाले सामान्य हिसाबमा ३० हजार नयाँ सिलिन्डर पठाए सहर हुनेछ । स्मार्ट कन्सेप्टको प्रयोग गर्न रुचाउने भट्टले यस पटक पनि नयाँ ढंगले सहयोग गर्न लागेको जानकारी दिनुभयो। यसका साथै पल्सअक्सिमिटर, टेष्ट किटलगायतका सामग्री पनि जापानबाट तुरुन्तै नेपाल पठाउने तयारी गरिएको जानकारी दिनुभयो।
यस्तै भिडबाट संक्रमितहरुलाई मानसिक स्वास्थ्य परामर्श सेवाको सुरुवात गर्ने तथा जुम र फेसबुकका माध्यमबाट योग, ध्यान गराई संक्रमितको मनोबल उच्च राख्न पहल गर्ने बताईएको छ।
यसैगरि भट्टले नेपालको केही अस्पतालहरुसंग समन्वय भैरहेको र कुनै एक अस्पतालमा कम्तीमा २५० सय्यालाई पुग्ने अक्सिजन प्लान्टको स्थापना गर्ने विषयमा सबैको सहयोगको लागि अपिल गरेका थिए । अक्सिजन प्लान्ट स्थापनाको कार्य छिटो सुरु गर्ने तथा जुन १० सम्म उक्त कार्य सम्पन्न हुने जानकारी पनि उनले गराए । साथै, सरकारबाट माग भईआएका कतिपय स्वास्थ्य सामग्री तुरुन्तै उपलब्ध गराउन नसकिने, सम्बन्धित ठाउँमा पुग्ने बेलासम्म उक्त सामग्रीको उपयोगिता कम भैसक्ने र नयाँ सामग्रीको आवश्यकता पर्नेजस्ता समस्या पनि रहेकोले अक्सिजन प्लान्ट तयार गर्न सके दिर्घकालीन रुपमा उपयोगमा ल्याउन सकिने भएकोले यस कार्यमा सबैको सहयोग आवश्यकता रहेको संयोजक भट्टले स्पष्ट पार्नुभयो।
नेपालमा कोरोनाको संक्रमण अत्यधिक बढेको र अक्सिजन लगायतका मेडिकल सामग्रीहरुको अति आवश्यक परेकोले सरकारी स्तरमा दूतावासको तर्फबाट जापान सरकारसँग पनि आवश्यक सहयोगको लागि अनुरोध गरेको जानकारी गराउँदै समितिका संरक्षक तथा राजदूत प्रतिभा राणाले तत्काल जापान सरकारको तर्फबाट अक्सिजन सिलिन्डर नेपाल पठाउने तयारी भैरहेको जानकारी दिनुभयो। त्यसैगरी दूतावासका उपनियोग प्रमुख अम्बिका जोशीले नेपाल सरकारबाट सहयोगको लागि अनुरोध गरिएका विभिन्न ३२ वटा मेडिकल सामग्रीहरुको बारेमा जानकारी गराउँदै सहयोगको निम्ति सबैलाई अनुरोध गर्नुभएको थियो।

गत मे ९ तारिक जापानवासी नेपालीहरूको तर्फबाट बनेको समितिको उपसंयोजकमा महेश श्रेष्ठ ९कोषाध्यक्ष(एनआरएनए आइसीसी०, गोबिन्द श्रेष्ठ रोविन्द ९एशिया(प्यासिफिक संयोजक०, पारसमणि पोख्रेल ९एशिया(प्यासिफिक उप(संयोजक० र देविलाल भण्डारी ९अध्यक्ष,एनआरएनए जापान० र एनआरएनए जापानका महासचिव समितिको सदस्य सचिवमा चयन गरेको छ। साथै समितिको सदस्यमा जापान स्थित एनआरएनए आईसीसीका निवर्तमान तथा पूर्वपदाधिकारी तथा सदस्य, एनसीसी जापानका पूर्वअध्यक्ष, पत्रकार महासंघ जापान सहित विभिन्न राजनीतिक दलका भातृ संस्था प्रमुख र संघसंस्था प्रमुखहरु सदस्य रहेकाछन।

