एनआरएनए जापान कान्साईमा दीलिप गैरे सर्वसम्मत
अधिबेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति / तस्बिर: enewspathshala
.jpg)
गैरआवासीय नेपाली संघ, क्षेत्रिय कार्यसमिति कान्साईको शुक्रबार ८ औँ अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न ८ औ अधिबेशनबाट दिलिप शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । शुरुमा संयोजक र उप–संयोजक पदमा निर्वाचन हुने भनि निर्वाचन कमिटि कान्साईद्धारा प्रकाशित अन्तिम नामावलीमा उल्लेख गरिए पनि अधिबेशनको अन्तिम घडीमा आएर संयोजकका प्रत्यासी नर बहादुर थापा उपसंयोजकमा बस्न तयार भएपछि संयोजकमा दिलिप शर्मा सर्वसम्मत भएका हुन् भने उपसंयोजकका तीन प्रत्यासीले सहमति गर्दै आफ्नो नाम फिर्ता लिएका थिए ।
सो सँगै कान्साई क्षेत्रिय कार्यसमिति पनि सर्वसम्मत चयन हुन सफल भएको हो । सर्वसम्मत निर्वाचित कमिटिका संयोजक निवर्तमान कार्यसमितिको उपसंयोजकको भुमिकामा थिए । शुक्रबार सम्पन्न अधिबेशनबाट कार्यसमितिको संयोजकमा दिलिप शर्मा निर्विरोध भएका छन भने उपसंयोजकमा दिल्ली प्रसाद सापकोटा (बिष्णु) नर बहादुर थापा, महिला उपसंयोजकमा बिन्दु ढकाल, सचिबमा तेज प्रकाश गुरुङ्ग, सहसचिबमा लक्षमण गैरे र बिकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा डेनिश पुन निर्वाचित भएका छन भने सहकोषाध्यक्षमा तिलक के.सी र सदस्यहरुमा शंकर भुषाल, सुरज जि.सी, टि.आर गौडेल, अशोक गुरुङ्ग, महिला सदस्यमा सिमला के.सी र सदस्य बिद्यार्थीमा संजय कार्की निर्बिंरोध निर्वाचित भएका छन् । सफल अधिबेसनसँगै एनआरएन कान्साईले आफ्नो स्थापनाकाल देखि हाल सम्मका बिषयबस्तुहरुको साथ ज्ञानबर्दक लेख र जानकारीहरु समेट्दै एक ऐतिहाशिक स्मारिकाको प्रकाशन तथा बिमोचन समेत भएको छ ।



