कुमामोतो नेपाली समाजको नेतृत्वमा पवन अधिकारी



कुमामोतो नेपाली समाजको पहिलो अधिबेशन सम्पन्न / तस्बिर: Newspathshala

कुमामोतो नेपाली समाज जापानको पहिलो अधिबेशन सम्पन्न भएको छ । आज भएको पहिलो अधिबेशनले सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन गरेको बताएको छ । कुमामोतो नेपाली समाज जापान सन् २०२० जुन ७ मा संस्थापक अध्यक्ष लाक्पा दोङको अध्यक्षतामा स्थापना भएको हो । उक्त संस्थाको आइतबार नेपाली एभरेस्ट रेस्टुरेन्टमा भएको अधिवेशनबाट पवन अधिकारीको नेतृत्वमा २१ सदस्यीय १ बर्षे कार्यकाल रहने गरी नयाँ कार्यसमिति चयन गरिएको छ ।

सामाजिक व्यक्तित्व राजु गैरेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल २०२१–२०२२ को हुनेछ । आज भएको पहिलो अधिबेशनबाट अध्यक्षमा पवन अधिकारी,उपाध्यक्षमा हिरा तिमिल्सिना, सचिबमा बिनोद बस्नेत, सहसचिवमा दिपकबहादुर शाही, कोषाध्यक्षमा दामोदर वस्ती र सह कोषाध्यक्षमा सुन्दर बास्तोला निर्बिरोध निर्वाचित भएको हो ।

यस्तै सदस्यहरुमा भने मनि कँडेल, सुमन लामिछाने, कपिल तिमिल्सिना, तिलाराम ढकाल, यज्ञराज जोशी, आशीष गुरुङ, रजित परियार, दीपक पोखरेल, अर्जुन पुन, सूजन मगर, महिला सदस्यमा तारा तिमिल्सिना, विद्यार्थी सदस्यमा सरोज खनाल, हरि गोरखालि, अबिशेक दाहाल, मनिश सोमाइ मगर निर्बिरोध निर्वाचित भएको सहसचिब दिपक बहादुर शाहीले जानकारी गराउनु भयो । सम्पुर्ण नव निर्वाचित कार्यसमितिलाई भिजन अनलाईन न्युज परिवार सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ ।