उपचारका क्रममा जापानमा पाल्पाका पाण्डेको मृत्यु



उपचारका क्रममा पाल्पाका पाण्डेको मृत्यु / तस्बिर: Enewspathshala

जापानमा रोजगारीका क्रममा रहेका पाल्पाका  ४१ वर्षिया विष्णु पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ।

पाण्डे उच्च रक्तचापका कारण मस्तिस्कको नसामा समस्या आएर अस्पताल भर्ना हुनु भएको थियो। स्थानिय ओयामा अस्पतालमा भर्ना हुनु भएका पाण्डेको मस्तिस्कको शल्यक्रिया पश्चात शनिबार बिहान उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। 

परिवार स्रोतका अनुसार लामो समययता उच्चरक्तचापको विरामी भई औषधी सेवन गर्दै आउनु भएको थियो। पाल्पा अर्घेलीका पाण्डे कुक भिसामा जापानको तोचिगी ओयामा शहरमा श्रीमती र छोरी सहित परिवारसंग बस्दै आउनु भएको थियो। 

पार्थिव शरीरको अन्तिम दाह-संस्कार 
यसैबीच परिवार स्रोतले दिएको जानकारी अनुसार मृतक शवको आईतबार (२०७८ जेठ २३ गते) बिहान ८:३० बजे 小山聖苑(おやませいえん) 323-0042 Tochigi ken Oyama shi Tojo 717-1 मा दाहसंस्कार गरिने भएको छ।

आर्थिक सहयोगको आग्रह
यता मृतक परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले ,विदेशको ठाऊमा एक नेपालीलाई दुःख पर्दा आर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोगि मनहरूलाई आर्थिक सहयोगका लागि ओयामा नेपाली समाजले अनुरोध गरेको छ। 
JP Bank Account 
Account Number 10730-30195711
パンデ スミトラ (मृतकको श्रीमती)

सम्पर्क व्यक्तिहरु
१. छबि खरेल(मृतकको आफन्त )080 4171 3751
२. NRNA टोचिगी। सह-सचिब :  कपिल न्यौपाने   080-4066-2347
३. श्याम खड़का        080-4195-6600
४. भुवन गैरे              090-9809-1440
५. कैलाश थापा        070-1407-9697