जापानमा एक नेपालीको उपचारका क्रममा मृत्यु



जापानमा एक नेपालीको उपचारका क्रममा मृत्यु / तस्बिर: Enewspathshala

जापानमा उपचारका क्रममा एक नेपालीको मृत्यु भएको छ।

करिव दश वर्षयता परिवारसहित जापानको योकोहोमामा बस्दैआएका एक नेपालीको उपचारका क्रममा असामयिक निधन भएको हो। गुल्मीको चन्द्रकोट गाउँपालिका स्थायी निवासी करिव ४० वर्षिय यादवप्रसाद अर्यालको मंगलबार अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

जापानमा कुकका भिषामा रहि परिवारसंगै वस्दै आएका अर्याल श्रीमती र दुई छोरासहित योकोहामामा बस्दैआएका थिए । सोमबार गम्भीर अवस्थामा अस्पताल लगिएका उनको सोमबार राति निधन भएको हो ।

अल्पायुमै निधन भएका अर्यालको आउँदो शनिबार जापानमै दाहसंस्कार गरिने गुल्मेली समाज जापानले जनाएको छ।