एसिया प्यासिफिक स्तरिय वस्तृत्वकला प्रतियोगिता हुदै
एसिया प्यासिफिक स्तरिय वस्तृत्वकला प्रतियोगिता / तस्बिर: newspathshala
गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा समितिको आयोजनामा खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ।
एसिया प्यासिफिक युवा संयोजक दीपक कँडेलका अनुसार एसिया प्यासिफक क्षेत्रमा रहने १९ वर्ष मुनिका किशोरकिशोरीहरुले प्रतियोगितामा भाग लिन पाउने छन। ‘राष्ट्रका लागि मेरो सपना’ विषयमा नेपाली तथा अंग्रेजी भाषामा अनलाईन मार्फत प्रतियोगिता संचालन हुनेछ।
एसिया प्यासिफिक क्षेत्रका स्थानिय एनआरएनए राष्ट्रिय कमिटिमा पुग्ने गरि आगामी जुलाई २५ तारिकसम्म पुग्ने भिडियोका आधारमा फाईनल प्रतियोगिको छनौट हुने छ। हरेक एसियाप्यासिफिक भित्रका मुलुकबाट तीन मिनेटको भिडियो सहित सहभागि मध्ये तीनजनाले फाईनलमा पुग्ने अवसर पाउने छन। आगामी अगष्ट ९ तारिक अपरान्ह जुम मार्फत हुने फाईनल प्रतियोगितामा विजेताले नगद एक लाख रुपैया पाउने छ भने दोश्रोले ६० हजार तथा तेश्रोले ४० हजार नगद पुरस्कार र प्रमाणपत्र हात पार्नेछन।

नेपाली तथा अंग्रेजी भाषामा हुने प्रतियोगिताका लागि हाल उत्साहजनक रुपमा सहभागिताका लागि तयारी गरिएको जानकारी पाएको संयोजक कँडेलले जानकारी दिनुभयो। प्रतियोगिताको निर्णायकमा चर्चित समाचार वाचिका समा थापा, कमेडियन तथा कलाकार संदीप क्षेत्री तथा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक पारसमणी पोखरेल रहनु हुने भएको छ। भने चर्चित टेलिभिजन प्रस्तोता भुषण दाहालले अतिथिका रुपमा सहभागिता हुनुहुने भएको छ।
युवा पिढीमा नेपाल तथा नेपाली राष्ट्रियताका बारेमा चेतना अभिवृद्धिका उपयोगि हुने प्रतियोगितामा आफना छोराछोरीहरुलाई सहभागिताका लागि प्रोत्साहन गरिदिनु हुन एसियाप्यासिफिक युवा संयोजक तथा कार्यक्रम मुल आयोजक समितिका संयोजक कँडेलले जानकारी दिनुभयो।

