एनआरएनए चिवाको अधिवेशन तयारी सुरु, निर्वाचन संयोजकमा मल्ल



एनआरएनए चिवाको अधिवेशन तयारी सुरु / तस्बिर: enewspathshala


गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय समिति चिवाको दोश्रो अधिवेशन तयारी सुरु गरिएको छ।
नयाँ कार्यकाल २०२१—२३ वर्षका लागि नयाँ पदाधिकारी चयनका लागि क्षेत्रीय समितिले गायक रामकृष्ण बम मल्लको संयोजकत्वमा निर्वाचन समिति समेत चयन गरेको छ। आगामी जुन २० तारिक चिवाको फुनावासीमा हुने अधिवेशनका लागि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ्ग, एनआरएनए जापानका सल्लाहकार तथा पत्रकार आनन्द कोइराला सहित तीन सदस्यीय निर्वाचन समिति चयन गरिएको छ।


एनआरएनए जापान चिवा क्षेत्रीय समितिका संयोजक विश्व सुवेदीका अनुसार अधिवेशनले नयाँ नेतृत्व चयनसंगै दुई वर्षे कार्यकालको समिक्षा सहित आर्थिक तथा सांगठानिक प्र्रतिवेदन पारित गर्ने छ।


निर्वाचन कार्यतालिका सार्वजानिक
यसैबीच नवगठित निर्वाचन समितिले कार्यसमितिले दिएको जिम्मेवारी अनुरुप २० तारिक नयाँ कमिटि तयार गर्ने उदेश्यले १७ तारिकबाट निर्वाचन प्रकृया सुरु हुने छ।


निर्वाचन समितिले तयार गरेको कार्यतालिक अनुसार १७ तारिक स्थानिय रातो भाले रेष्टुरेन्टमा मध्यान्ह १२ बजेबाट उम्मेदवारी मनोनयन बेलुका ७ बजेसम्म राखिएको छ।
उम्मेदवारी मनोनयनका लागि स्वयम उम्मेदवार उपस्थिति भएर गर्नुपर्ने छ। अधिवेशन स्थल फुनावासी सी होन्चो २—२—५ फुनावासी सिभिक कल्चर हल रहेको छ।