कास्की-पोखरा समाजद्वारा सात लाख रकम बरावरको स्वास्थ्य सामाग्री वितरण



कास्की-पोखरा समाजद्वारा स्वास्थ्य सामाग्री वितरण / तस्बिर: enewspathshala

जापानलाई कर्मथलो बनाएर बसेका कास्केलीहरुको साझा संस्था कास्की-पोखरा समाज जापानले कोरोना संक्रमण भएकाहरुको उपचारमा अक्सिजन अभाव भएपछि थालिएको अभियानमार्फत हालसम्म हालसम्म ७ लाख रुपैयाँ बराबरको ५० वटा सिलिण्डर हस्तान्तरण गरिसकेको जनाएको छ ।

विज्ञप्ति अनुसार समाजले सुरुमा पोखरा २७ स्थित शिशुवा अस्पताल अन्तर्गत संचालित कोभिड अस्पताललाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी मार्फत २० थान सिलिण्डर हस्तान्तरण गरिएको छ। त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि महानिर्देशक डा. भरतबहादुर खत्रीलाई १५ थान सिलिण्डर र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवरको रोहबरमा १० थान हस्तान्तरण गरिएको थियो । कास्की पोखरा समाजका प्रवक्ता दीपक सुनारका अनुसार पोखरा ३० मोहोरीयास्थित संक्रामक सरुवा रोग अस्पतालका लागि सो अस्पतालका निर्देशक विकास गौचनलाई १५ थान र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवरको रोहवरमा थप १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।

अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यत्रलममा समाजका महिला अध्यक्ष अन्जु भण्डारी, पूर्व उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, पूर्व सचिव हरिबहादुर पहारी, कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाधयक्ष निरज थापा र सचिव अमृत आचार्यको उपस्थिति थियो । समाजका प्रवक्ता दिपक सुनारले कास्कीका विभिन्न अस्पतालहरुलाई अक्सिजन सिलिण्डर प्रदान गर्न आर्थिक सहायता गर्ने जापानबासी नेपालीहरु गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारप्रति धन्यवाद गर्नुभएको छ ।