राप्ती समाज जापानद्वारा काेराेना संक्रमण प्रभावितलाई आर्थिक सहयाेग हस्तान्तरण, चार लाख ३२ हजार बढ़ी सहयोग नेपाल पठायो
काेराेना संक्रमण प्रभावितलाई आर्थिक सहयाेग / तस्बिर: enewspathshala
राप्तीका विभिन्न जिल्लामा कोराेना संक्रमणका कारण अक्सिजनको अभाव बढेसंगै संक्रमितहरु उपचार हुन नसकेका समाचारहरु सामाजिक सन्जालमा आए लगतै राप्ती समाज जापानले आर्थिक सहयाेग हस्तान्तरण गरेकाे छ।
आर्थिक सहयाेग अभियानबाट संकलित रकम र समाजको आन्तरिक कोषबाट एक लाख गरी चारलाख ३२ हजार ३५७ येन नेपाल पठाईएको महासचिव प्रकाश ओलीले बताउनुभयो। समाजले राप्ती भित्रका समस्यामा परेका क्षेत्रमा संस्थाका सरंक्षक विशेश्वर रेग्मीले स्थानिय स्तर मै पुगेर हस्तान्तरण गर्ने जिम्मा दिएको छ । राप्तीबासिहरु अक्सीजन नपाई छटपटाईरहेको देख्दा आफूहरु हेरेर बस्न नसक्ने हुदा सानै भएपनि आफनो क्षेत्रबाट सहयोग गर्नु हाम्रो दायित्व भएको भन्दै अभियानमा सहयोग गर्ने सबै राप्तीबासि सहयोगिदाताहरु समाजका अध्यक्ष युवराज रेग्मी र उपाध्यक्ष मनराज विश्वकर्माले धन्यवाद दिनुभएको छ।
समाजले यस अघि नै दिल वहादुर रम्तेल बचाउ अभियान, धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिदार्थ माध्यामिक विद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्प पिडीत, ब्लड क्यान्सरबाट पिडित भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग, लडेर मेरुदण्ड भाँचिएर थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन, रुकुम पुर्वकै मुटुभित्र प्वाल परेका सरद ओली लाई आर्थिक सहयोग लगायत जापानमा विभिन्न समस्या पर्दै आएका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।

