टोकियो सहित ३ क्षेत्रमा आपतकाल घोषणा
टोकियो सहित ३ क्षेत्रमा आपतकाल घोषणा / तस्बिर: Enewspathshala
जापान सरकारले टोकियो सहित ३ क्षेत्रमा शुक्रबारबाट लागू हुनेगरि आपतकाल घोषणा गरेको छ।
कोरोना संक्रमण तिव्रगतिमा फैलिएकाले त्यसको रोकथाम गर्ने लक्ष्य सहित टोकियो, चिवा, खानागावा र साईतामा राज्यमा आपतकाल घोषणा गरेको हो।
केहि दिनयता टोकियो सहित जापानका ठुला शहरमा देखिएको कोरोना संक्रमण नियन्त्रण गर्न राति ८ बजे सम्म रेष्टुरेन्टहरु संचालन हुने भएको छ । यस निर्णयले ब्यबसायलाई पर्न सक्ने धाटा कम गर्न नेपाली करिब १८ लाख (१८०मान) र दैनिक ६० हजार (६ मान) आर्थिक सहायता प्रदान गरिने धोषण भएको छ ।
नियमित रुपमा संचालन हुने सार्वजानिक यातयातका साधनहरु, डिपार्टमेन्टहरु औषधि पसलहरु भने संचालनमा आउने भएका छन । बिद्यालय र पार्कहरु यस पटक बन्द नगरिने भएको छ । यस पटकको आपतकाल टोकियो सहित टोकियोसग जोडिएका चिवा, साईतामा र खानागावा क्षेत्रमा बिहिबार रातिबाट लागु हुने छ ।
सरकारले अनावस्यक भिडभाड नगर्न एंव ८ बजे पछि घरबाट अनाबश्यक बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

