कोरोना संक्रमणबाट जापानमा अस्ताए सूर्जमान



कोरोना संक्रमणबाट अस्ताए सूर्जमान / तस्बिर: enewspathshala

कोरोना संक्रमणका कारण साईतामा राज्यमा बस्ने कास्की लामाचौरका ३८ वर्षिय सूर्जमान गुरुङको निधन भएको छ ।

जापानमा दक्षकामदार कुक पेसामा आवद्द गुरुङको कोरोना संक्रमण पश्चात उपचारका क्रममा शुक्रबार मध्यराति निधन भएको हो। तमूधी जापानका महासचिव चित्र गुरूङका अनुसार परिवार सहित साईतामामा बस्दै आएका सूर्जमान कोरोना संक्रमण पश्चात एकमहिना भन्दा बढी समय अस्पताल भर्ना रहि उपचाररत थिए।

परिवारलाई नै कोरोना संक्रमण भएपनि श्रीमति भने हाल संक्रमण मुक्त भईसक्नु भएको छ। तर कठिन उपचार गर्दापनि सूर्जमानलाई अस्पतालले जोगाउन सकेन। अस्पताल र घरपरिवारसग सल्लाह पछि मृतशवलाई व्यवस्थापन गरिने परिवार स्रोतले जनाएको छ। जापानमा यो घटनासंगै करिव ५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ। यसै साता खनागावा राज्यमा एक अर्का नेपालीको मृत्यु भएको थियो।