दुईदिनमा दुई नेपाली युवाको जापानमा दुखद निधन



दुई नेपाली युवाको जापानमा दुखद निधन / तस्बिर: Enewspathshala

कास्की पोखरा घर भई जापानको नागोया शहरमा बस्दै आएका एक अर्का नेपालीयुवाको मंगलबार घरको छतबाट खसेर निधन भएको छ । 

करिव सात तल्ले घरको छतमा पुगेका अन्दाजी ३०-३५ वर्षका भरत गर्वुजाको छतबाट खसेर मृत्यु भएको बताईएको छ। छतबाट खसे लगत्तै अचेत भेटिएका उनकोअस्पताल पुर्याउदा अस्पतालमै निधन भएको हो । 

एनआरएन नागोयाका संयोजक श्याम शितलले प्रहरीले यस घटनामा अनुसन्धान गरेकाले घटनाक्रम र मृत्युको कारण अहिलेसम्म जानकारीमा नआएको बताए । पुनको शव नागोयास्थित नाकाकु अस्पतालमा राखिएको छ ।

६ वर्ष अगाड़ी विद्यार्थी भिषामा जापान आएका गएको जुलाई महिनामा आईचि स्थिति एक मोटर पाट्स कम्पनिमा भिषा परिवर्तन गरि सेप्टेम्वर महिनाको मध्यतिर काम अत्यन्तै गाह्रो भई काम छोडेका थिए। हाल काम विहिन भई एकल रूपमा वस्दै आईरहेको उनी निकट साथीहरूले जनाए अनुसार स्वर्गीय गर्वुजा केही रूपमा मानसिक तनावमा रहेको बताउने गरेका थिए। 

सोमबार मात्र यामानासी राज्यमा एक जापानी कम्पनीमा कार्यरत कास्की कै २७ वर्षिय सन्तोष दाहालको मेसिनमा च्यापिएर मृत्यु भएको थियो।

मेसिनले च्यापिएर जापानमा एक नेपाली युवाको मृत्यु

यामानासी। यामानासी राज्यको फुएफुकी शहरमा प्रेस मेसिनमा च्यापिएर सोमबार एक नेपाली युवाको निधन भएको छ ।

फुएफुकी शहर स्थित एक फलाम कम्पनीमा कार्यरत कास्कीका २७ बर्षिय सन्तोष दाहालको निधन भएको जापान प्रहरीले जनाएको छ ।

जापानी संचार माध्यमहरूका अनुसार नोभेम्बर २ तारिख सोमबार बिहान ११ बजेको समयमा मेसिनमा च्यापिएका दाहालको निधन भएको हो ।स्वाइ सेईकी मुख्यालयको कारखानामा रहेको धातु प्रशोधन कम्पनीमा एक कामदार च्यापिएको देखेपछीसँगै काम गर्दै आएका अर्का कर्मचारीले अग्नि नियन्त्रण कार्यालयमा फोन गरेर सहयोग मागेका थिए ।

प्रहरी र उद्दारकर्मीहरुले दाहालको शरिरलाई उद्दार गरि फुएफुकी शहरमा रहेको अस्पताल पुर्याएपनी उनलाई तत्काल मृत घोषणा गरिएको थियो ।

प्रहरीका अनुसार घटना समयमा दाहाल एक्लै काम गरिरहेका थिए । दुई मिटर अग्लो प्रेस मेशिनमा मेटल थिच्ने काम गरिरहँदा मेसिन अचानक ढल्न पुगेको जस्तो देखिएको प्रहरीले बताएको छ ।घटनाको अनुसन्धान थालिएको प्रहरी भनाई छ ।

निधन भएका नेपाली युवा दाहाल परिवारसंगै जापानमा बस्दै आएको बताईएको छ ।

ईन्यूज पाठशाला मृतक दुवैको चिर शान्तिको कामना गर्दै श्रद्दान्जली व्यक्त गर्न चाहन्छौ।