याक्थुङ सिङ्गक फाउन्डेसन र सिङ्गक समाज हङकङको संयुक्त पहलमा ९५ हजार रुपैयाँ सहयोग हस्तान्तरण
सहयोग हस्तान्तरण / तस्बिर: enewspathshala
कलेजोमा समस्या भएका विरामी जङ्गबहादुर सिङ्गकलाई याक्थुङ सिङ्गक फाउन्डेसन र सिङ्गक समाज हङकङको संयुक्त पहलमा ९५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
तेह्रथुमको ओयाक्जुङ घर भई हाल मोरङको उर्लाबारी नगरपालिका सुनझोडा २ शिरुझारमा बसोबास गर्दै आएका ४० वर्षीय सिङ्गक लामो समय देखि कलेजोमा समस्या देखिएर विरामी परेका छन् । उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या परेपछि उनको परिवारले सहयोगको अपिल गरेको थियो ।
उनको उपचारका लागि सिङ्गक समाज हङकङले २५ हजार, बेलायतमा कार्यरत बेदु सिङ्गकले ७ हजार, हेममाया सिङ्गकले ७ हजार, हङकङमा कार्यरत नन्दकुमारी सिङ्गकले १० हजार, सारा सिङ्गकले ७ हजार, हिम सिङ्गकले ७ हजार रुपैयाँ सहयोग स्वरुप पठाएका छन् । त्यस्तै अर्का विरामी बिष्णुकुमार सिङ्गकको उपचारबाट बचेको २५ हजार रुपैयाँ, धरान मुनाल चौक निवासी तपमाया सिङ्गकले ७ हजार गरि जम्मा ९५ हजार सहयोग संकलन भएको थियो । उक्त रकम याक्थुङ सिङ्गक फाउन्डेसनकी अध्यक्ष मिना सिङ्गक लगायतको टोलिले अस्पतालमै पुगेर हस्तान्तरण गरेको हो ।

